२०८१ जेठ १६ देखि ३२ सम्म
11:45 AM
शिल्पी थिएटर, बत्तीसपुतली
गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ । चन्द्रप्रसाद पाण्डेयले यिनै जीवित देवी कुमारीको मुल विषयमा अग्निचक्षु शीर्षकको नाटक लेख्नुभएको छ र झकेन बि सीले निर्देशन गर्नुभएको छ । यो नाटक सत्य इतिहास, पौराणिक तथा सामाजिक विषयवस्तुको त्रिवेणी हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो । यस नाटकको पाण्डुलिपी निर्माणको लागि नाटककार, संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले समेत मार्गनिर्देशन गर्नुभएको थियो । यस नाटकलाई २०८१ जेठ १६ देखि ३२ सम्म (मंगलबार बाहेक) बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ । नेपालको गहनतम संस्कृतिलाई उजागर गर्नको लागि यो अभियान सार्थक रहने विश्वास छ ।
कलाकारहरु
मञ्जु श्रेष्ठ
सङ्गीता उराँव
हेना नगरकोटी
कृष्णभक्त महर्जन
सविन कट्टेल
श्रीशेष श्रेष्ठ
धिरज थापा मगर
शान्ता प्रजापति
राजेन्द्र डंगोल
चक्र प्रसाद पोखरेल
एअरिका चौलागाईं
सङ्गीत परिकल्पना तथा संयोजन ः अनुप तिमिल्सिना
प्रत्यक्ष सङ्गीत ः अनुुप तिमिल्सिना, पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जन
परिकल्पना÷निर्देशन ः झकेन बि सी
नाटककार– चन्द्रप्रसाद पाण्डेय