About Us

Shilpee Theatre Group is a professional theatre organisation established since 2006 in Kathmandu as a national NGO. It aims to promote theatre as a culture integrated into our daily life. Theatre is a mirror of our society, our lifestyle and our stories. It is not only fun to be a part of theatre but its methods also enrich us as human beings. 

We welcome you to regular performances at our 210 seat capacity Gothale Theatre. 

Dabali Cafe and a theatre library will also await you. For those interested to learn acting, storytelling, and various theatre forms, are welcome to join regular training sessions conducted at our workshop space ‘Abhimanch’. And if you are just in the mood to talk art, literature, theatre or politics, our gates are always open. 

 

सामाजिक र राजनैतिक सुधारका लागि रङ्गमञ्चको सक्रिय भूमिका हुनु पर्दछ भन्ने शिल्पीको विश्वास रहेको छ । सामाजिक गतिशीलताको लागि रङ्गमञ्च मार्फत पहल गरिनु पर्छ भन्ने शिल्पीको मान्यता छ । रङ्गमञ्चका धेरैवटा शैलीहरूको प्रयोग गर्दै शिल्पीले सिमान्तकृत र पिछडिएका वर्गहरूको मुद्दामा नाटक मार्फत सामजमा आवाज उठाउने गर्दछ । समाजमै भईरहेका अन्यायहरूबाटै प्रभावित भई नाटकको कथा बुनेर नाटक बन्दछन् । यस्ता नाटकहरूले समाजमा ऐनाको रूपमा काम गर्छ जहाँ समाजका सदस्यहरूले समाजको कुन पक्षमा गल्ती भईरहेको छ भनेर सहज रूपमा बुझ्ने मौका पाउँछन् र त्यसलाई सुधारतर्फ लैजान पहल गर्दछन् ।

शिल्पीको लागि रङ्गमञ्च भनेको संस्कृति हो ।

  • संस्कृति जसले कथाहरू मार्फत एकअर्कालाई जोड्छ ।
  • संस्कृति जसले सामुहिक रूपमा सामाजिक समस्याहरूको समाधान भेट्टाउँछ ।
  • संस्कृति जहाँ कला र साहित्यलाई दैनिक जीवनमा जोड्न सकिने वातावरण तयार हुन्छ ।
  • संस्कृति जहाँ विविधताको सम्मान हुन्छ, हाम्रो ईतिहासको संरक्षण हुन्छ र भिन्न पृष्टभूमिका मानिसहरुलाई एकअर्कासँग जोड्छ ।
  • संस्कृति जहाँ कलाप्रतिको समर्पणले प्रोत्साहन पाउँछ, सिकाईको क्रम निरन्तर चल्दछ र रङ्गमञ्चलाई जिवन्त राख्दछ ।
     

शिल्पी कला समूह नाफा रहित संस्था हो । शिल्पीको यात्रा २००६ मा सुरूवात भयो र त्यसपछि सक्रिय रूपमा मानिसहरूलाई रङ्गमञ्चसँग जोड्ने काम गरिरहेको छ । शिल्पीले सहभागितामुलक रङ्गमञ्च (फोरम थियटर वा पिछडिएका वर्गहरूको रङ्गमञ्च) परियोजनाका क्रममा नेपाल अधिराज्यभरी नाटक यात्रा गर्दछ । शिल्पी थियटर नियमित मञ्चनको लागि २१० सिट क्षमता भएको गोठाले नाटकघरको साथमा तपाईहरूलाई स्वागत गर्दछ । डबली क्याफे र पुस्तकालय पनि परिसरमा उपलब्ध छ । अभिनय, कथावाचन र रङ्गमञ्चका थुप्रै प्रकारहरूको अध्ययन गर्न चाहनेहरूको लागि पनि यो एक उपयुक्त स्थान हो जहाँ समय समयमा नाट्य कार्यशालाहरु सञ्चालन भईरहन्छन् । कलाको, साहित्यको, रङ्गमञ्च या राजनीतिको बारेमा कुरा गर्न चाहनेहरूको लागि शिल्पीको ढोका सधैँ खुला छ ।